माइक्राेसफ्टकाे 'सर्भर' मा समस्या : विश्वभरका कैयाैँ बैंक, एअरलाइन्स प्रभावित

 साउन ४, २०८१ शुक्रबार १४:३४:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

सफ्टवेयर कम्पनी माइक्रोसफ्टको सर्भरमा समस्या आउँदा विश्वभरका कैयौँ बैंक, मीडिया समूह र एअरलाइन्स प्रभावित भएका छन् । माइक्रोसफ्टको सर्भरमा समस्या आएसँगै विश्वभरका कैयौँ बैंक, एअरलाइन्स र दूरसञ्चार सेवाका कामकाज अचानक ठप्प भएका बीबीसीले जनाएको छ ।

केही टीभी र प्रसारण कम्पनीको सेवा पनि रोकिएको छ । माइक्रोसफ्टले भने समस्या समाधानका लागि पहल भइरहेको जनाएको खबरमा उल्लेख छ ।

सूचना प्रणाली ठप्प हुँदा सिड्नी एअरपोर्ट र युनाइटेड एअरलाइन्सको विमान सञ्चालन हुन सकेको छैन । यस्तै अमेरिकाको युनाइटेड, डेल्टा र अमेरिकन एअरलाइन्सले विश्वभरमा आफ्नो उडान रोकेको छ ।

यसैगरी बेलायतका ट्रेन कम्पनी, बर्लिन एअरपोर्ट, स्पेनको एअरपोर्र्टमा पनि समस्या आइरहेको बीबीसीको खबरमा उल्लेख छ । यस्तै बेलायतको स्काई न्युज च्यानल अफ एअर भएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया