अर्थतन्त्रलाई सुदृढ बनाउनु नै याे सरकारको प्रमुख लक्ष्य : प्रधानमन्त्री ओली

 साउन ४, २०८१ शुक्रबार १४:५७:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख लक्ष्य रहेको बताउनुभएको छ । उहाँले अर्थतन्त्रमा देखिएका विद्यमान समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको दाबी गर्नुभयो ।

आज नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँगको छलफलमा प्रधानमन्त्री ओलीले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगसँगै मिलेर काम गर्नुपर्ने बताउनुभयो । उहाँले अर्थतन्त्रलाई चलायमान बनाउन अब आउने मौद्रिक नीति कठोर नहुने पनि बताउनुभयो ।

‘देशको प्रधानमन्त्री बन्नका लागि मात्र म आएको होइन । समस्या देखेर, समस्याको समाधान गर्न, परिवर्तन ल्याउनुपर्छ, काम गर्नैपर्छ भनेर आएको हुँ’, प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘त्यसैले तपाईँहरूको आशा भरोसा हामीमाथि हुनैपर्छ ।’

छलफलमा नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल रहेकाे अर्थतन्त्रलाई उकास्न सरकारले उच्च प्राथमिकताका साथ काम गर्नुपर्ने बताउनुभयो । शिथिल रहेको अर्थतन्त्रलाई मौद्रिक नीतिमार्फत चलायमान बनाउनसक्नुपर्ने उहाँको भनाइ थियो ।

अन्तिम अपडेट: असोज २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया