आठ दिनदेखि बन्द म्याग्दीको बेनी–दरबाङ सडक अझै खुल्न सकेन

 साउन ४, २०८१ शुक्रबार १५:६:२ | रासस
unn.prixa.net

सडक बन्द भएपछि पैदल हिँड्दै यात्रु । तस्बिर : रासस

म्याग्दी – आठ दिनदेखि बन्द रहेको म्याग्दीको बेनी–दरबाङ सडक अझै खुल्न सकेको छैन । गएको असार २७ गते रातिदेखि खस्न थालेको पहिरोका कारण सडक अवरुद्ध भएको हो ।

तातोपानीमा पहिरोका कारण सडक बन्द हुँदा गाडी चल्न सकेका छैनन् । यसले पश्चिम म्याग्दीका नागरिकलाई सास्ती भएको छ ।

सदरमुकाम बेनीबाट दैनिक उपभोग्य सामग्री गाउँतर्फ लैजान नसक्दा खाद्यान्नलगायत आवश्यक सामग्रीको अभाव भएको छ । गाउँमा उत्पादित तरकारी, फलफूल तथा अन्य कृषिजन्य वस्तु बिक्रीका लागि बजारसम्म ल्याउन नसक्दा खेतबारीमा खेर गएकाको किसानले गुनासो गरेका छन् ।

सडक डिभिजन कार्यालय, यातायात व्यवसायीले मेशिन र जनशक्ति परिचालन गरेर पहिरो पन्छाउने प्रयास गरे पनि पहिरो खस्ने क्रम नरोकिएको तातोपानीका व्यवसायी कुमार केसीले बताउनुभयो ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया