तनहुँमा आलु प्रवर्द्धन कार्यक्रम प्रभावकारी : १२ वटा सहकारीमार्फत् एक करोड २१ लाख रुपैयाँको कारोबार

 साउन ५, २०८१ शनिबार ११:३७:४९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – तनहुँमा आलु प्रवर्द्धन कार्यक्रम प्रभावकारी बनेको छ । आलु प्रवर्द्धन कार्यक्रमबाट सहकारीमार्फत् एक हजार रोपनी क्षेत्रफलमा आलुखेती गरिएको र त्यसबाट पाँच सय २९ मेट्रिकटन प्रशोधनयोग्य आलु उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख गोपाल शर्मा लामिछानेले बताउनुभयो । जिल्लाका १२ सहकारीमार्फत् एक करोड २१ लाख रुपैयाँको आलुको कारोबार भएको छ ।

सहकारीमार्फत् सञ्चालित कार्यक्रमबाट चार सय ६० परिवार लाभान्वित भएका प्रमुख लामिछानेले बताउनुभयो। कार्यक्रमअन्तर्गत १२ वटा सहकारीलाई एक करोड चार लाख ९५ हजार रुपैयाँ अनुदान उपलब्ध गराएको लामिछानेले जानकारी दिनुभयो । आलु प्रवर्द्धन कार्यक्रमका लागि गएको आर्थिक वर्ष २०८०/८१ मा एक करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको थियो । सहकारीलाई ७५ देखि ८५ प्रतिशतसम्म अनुदान दिइएको छ ।

घिरिङ गाउँपालिका–१ को उर्भरा कृषि सहकारी संस्थालाई सात लाख २९ हजार, व्यास नगरपालिका–६ को श्याम्घा साना सिँचाइ कृषि सहकारी संस्थालाई ११ लाख ४९ हजार, व्यास–७ को चउर कृषक समूहलाई तीन लाख २९ हजार, व्यास–९ को कुसुमे उद्यमशील कृषक समूहलाई चार लाख ३० हजार रुपैयाँ विनियोजन गरिएको थियो ।

त्यस्तै भानु नगरपालिका–५ को भानु सहकारी संस्थालाई  तीन लाख ५८ हजार, भानु–७ को थानीमाइ कृषक समूहलाई  दुई लाख ३४ हजार, भिमाद नगरपालिका–१ को डुम्रीबेंसी कृषि उत्पादक सहकारी संस्थालाई पाँच लाख ५८ हजार, भानु–८ को देउराली कृषक समूहलाई ६ लाख २१ हजार, भानु–५ को प्रतिज्ञा कृषि सहकारी संस्थालाई दुई लाख ९२ हजार तथा व्यास–९ को राजापानी कृषक समूहलाई नौ लाख ४४ हजार रुपैयाँ अनुदान दिइएको केन्द्रले जनाएको छ ।     

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया