सेनाले देशका विभिन्न ठाउँमा गरी एक हजार चार सय ११ किलोमिटर ट्रयाक खोल्यो

 साउन ५, २०८१ शनिबार ११:५६:३० | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नेपाली सेनाले अहिलेसम्म देशका विभिन्न ठाउँमा गरी एक हजार चार सय ११ किलोमिटर सडकको ट्र्याक खोल्ने काम पूरा गरेको छ । जडान गरिएका ३८ वटा बेलिब्रिज र खोलिएका ती ट्र्याक सडक विभागलाई हस्तान्तरण गरिसकेको सैनिक विकास निर्माण निर्देशनालयका सह–निर्देशक धर्मेन्द्र झाले बताउनुभयो ।

नेपाली सेनालाई विकास निर्माण र विपद् व्यवस्थापन कार्यमा परिचालन गर्न सकिने संवैधानिक व्यवस्था छ । नेपालको संविधान, राष्ट्रिय सुरक्षा नीति र नेपाल सरकारको निर्देशनअनुसार सेनाले विकास निर्माणको काम गर्दै आएको छ । नेपाली सेनाले अहिले तीन वटा राष्ट्रिय गौरवका आयोजना र दुई वटा पहिलो प्राथमिकता प्राप्त आयोजनाको निर्माण गरिरहेको छ ।

निर्माणाधीन आयोजना दार्चुला–टिङ्कर ७९ किलोमिटर, बेनिघाट–आरुघाट–लार्केभञ्ज्याङ ९२ किलोमिटर, कर्णाली करिडोर (लालीबगर–बगर–दुल्किकुन्ना खण्ड र घाँटीपारीचौर–बद्रीगाउँ–भुक्का खोला खण्ड) २२ किलोमिटर र खाँदबारी–किमाथाङ्का (च्याम्ताङ–घोघप्पा खण्ड) १० दशमलव ५१ किलोमिटर रहेका छन् ।

सर्वाधिक महत्त्वको काठमाण्डौ–तराई–मधेस द्रुर्तमार्ग आयोजना झण्डै ७१ किलोमिटर पनि नेपाली सेनाको व्यवस्थापनमा काम भइरहेको छ ।  सेनाले यसअघि सुर्खेत–जुम्ला ८८ किलोमिटर, बेनी–जोमसोम ९१ , छिञ्चु–जाजरकोट ४५, बेंसीसहर–चामे ६५ , नाग्मा–गमगढी ९४ किलोमिटर सडकको ट्र्याक खोलेको थियो ।

काठमाण्डौ–तराई–मधेस द्रुर्तमार्गको शुरु परियोजना ट्र्याक ८० किलोमिटर, मैलुङ–स्याफ्रुबेंसी १७, जाजरकोट–डोल्पा दुनै एक सय १७, कालीगण्डकी करिडोर (गुल्मी–बागलुङ खण्ड ७५ र कर्णाली करिडोर (खुलालु–लैफू–सलिसल्ला खण्ड एक सय २२ किलोमिटर पनि नेपाली सेनाद्वारा सम्पादित सडक आयोजना हुन् ।  

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया