मनसुनी विपद् : ज्यान गुमाउनेका परिवारलाई २ लाख रुपैयाँका दरले राहत निकासा

 साउन ५, २०८१ शनिबार १४:५९:५९ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – सरकारले मनसुनी विपदमा परी ज्यान गुमाएका ६९ जनाका परिवारलाई दुई लाख रुपैयाँका दरले रकम निकासा गरेको छ । राहत वितरणका लागि जिल्ला विपद् व्यवस्थापन कोषमा निकासा गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

अहिलेसम्म ६९ जनाका परिवारका लागि एक करोड ३८ लाख निकासा भएको र कतिपय जिल्लाले प्रक्रिया पुर्‍याएर पीडित परिवारलाई राहत वितरण पनि गरिसकेका प्राधिकरणले जनाएको छ । मनसुनको अवधिमा बाढी, पहिरो, चट्याङ लगायतका विपदमा परेर अहिलेसम्म एक सय २५ भन्दा धेरैको ज्यान गइसकेको छ । प्राधिकरणको प्रतिवेदन अनुसार मनसुनबाट प्रभावित परिवारलाई तत्काल राहतस्वरुप १५ हजारदेखि २० हजारसम्म वितरण भइसकेकोे छ ।

प्राधिकरणका प्रवक्ता डिजन भट्टराईका अनुसार रेडक्रसबाट अहिलेसम्म सात सय ४५ थान तारजाली, दुई सय ९५ थान ब्ल्याङ्केट, दुई सय पाँच थान म्याट्रेस, एक सय २५ थान भाँडाकुँडा, एक सय थान झुल, दुई सय २५ थान सरसफाइ किट, एक हजार एक सय ३८ मिटर कपडा उपलब्ध गराइएको छ ।

यस्तै गृह मन्त्रालय मातहत निकायबाट पाँच सय २० थान त्रिपाल, ५० थान टेन्ट, तीन सय थान ब्ल्याङ्केट, एक सय थान म्याट्रेस र ५० थान स्लिपिङ ब्याग उपलब्ध गराइएको छ । यसपाली बढी वर्षा हुने आँकलन रहेको थियो । मनसुनको शुरुवात महिनामै भारी वर्षाले जनधनको क्षति गराएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया