सरकारी ऋण २४ खर्ब ३४ अर्ब रुपैयाँ नाघ्यो

 साउन ५, २०८१ शनिबार १५:५:७ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – नेपालले तिर्न बाँकी सार्वजनिक ऋण २४ खर्ब ३४ अर्ब तीन करोड रुपैयाँ नाघेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार गएको आर्थिक वर्ष एक खर्ब ३४ अर्ब ६८ करोड ४१ लाख रुपैयाँ थपिएर २४ खर्ब ३४ अर्ब तीन करोड ६५ लाख रुपैयाँ सरकारी ऋण पुगेको हो ।

कुल गार्हस्थ्य उत्पादन (जिडिपी) को आधारमा सार्वजनिक ऋणको प्रतिशत ४२ दशमलव ६५ प्रतिशत बराबर हो । सार्वजनिक ऋणमध्ये आन्तरिक ऋणको दायित्व ११ खर्ब ८० अर्ब ९० करोड १८ लाख रुपैयाँ अर्थात् जिडिपीको २० दशमलव ७० प्रतिशत र बाह्य ऋणको दायित्व १२ खर्ब ५२ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ अर्थात् जिडिपीको २१ दशमलव ९५ प्रतिशत पुगेको छ ।

गएको आर्थिक वर्षमा ऋण सेवा खर्चका लागि तीन खर्ब ३० अर्ब वार्षिक बजेट विनियोजन भएकोमा तीन खर्ब पाँच अर्ब ३७ करोड ७१ लाख रुपैयाँ बराबर भुक्तानी भएको छ । गएको आर्थिक वर्षमा सरकारले दुई खर्ब २३ अर्ब ३४ करोड साँवा र ८२ अर्ब तीन करोड १७ लाख रुपैयाँ बराबर ब्याज भुक्तानी गरेको छ । 

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया