काठमाण्डौ आउँदै गरेको मलेशिया एयरलाइन्सको विमान याङ्गुनमा आपतकालिन अवतरण

 साउन ५, २०८१ शनिबार १८:५२:० | एजेन्सी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – मलेशियाको क्वालालाम्पुरबाट काठमाण्डौ आइरहेको मलेशिया एअरलाइन्सको एम.एच. ११४ विमानले म्यानमारको याङ्गुन विमानस्थलमा आपतकालिन अबतरण गरेको छ ।

याङ्गुनमा अबतरण गर्नुअघि आपतकालीन घोषणा गरेको भए पनि कारण भने नखुलेको मलेशियाको संचारमाध्ययम मलायमेल डक कमले जनाएको छ ।

विमान क्वालाम्पुर विमानस्थलबाट स्थानीय समय अनुसार राती आठ बजेर ४९ मिनेटका उडेको थियो । बोइङ ७३७–८०० नम्बरको त्यो विमान मलेशिया एअरलाइन्सले सन् २०१४ देखि प्रयोग गर्दै आएको थियो ।

मलेशिया एअरलाइन्सले यस बारेमा थप विवरण उपलब्ध नगराएको पनि मलायमेल डट कमले जनाएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया