सर्भरमा आएको समस्याले विश्वभरमा एकसाथ झन्डै ८५ लाख कम्प्युटरमा समस्या : माइक्रोसफ्ट

 साउन ६, २०८१ आइतबार ६:३५:४९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

सफ्टवेयर कम्पनी माइक्रोसफ्टले सर्भरमा आएको समस्याका कारण विश्वभरमा झन्डै ८५ लाख कम्प्युटरमा एकैसाथ समस्या आएको बताएको छ । माइक्रोसफ्टले यो घटनालाई इतिहासको सबैभन्दा खराब घटना भनेको बीबीसीले जनाएको छ ।

यो समस्या क्राउडस्ट्राइक भनिने सुरक्षा कम्पनीबाट भएको हो । जसले आफ्ना ठूलो सङ्ख्याका ग्राहकलाई एउटा खराब खालको सफ्टवेर अपडेट पठाएको थियो । समस्याबाट प्रभावित हुने कम्प्युटरको सङ्ख्या माइक्रोसफ्ट प्रयोगकर्ताको झन्डै एक प्रतिशत मात्रै रहेको भए पनि यसले विश्वभरका महत्वपूर्ण सेवालाई प्रभाव पारेको छ ।

यसबाट विश्वभरको उडान, दूरसञ्चार सेवा, बैंक तथा अन्य अनलाइन सेवासमेत प्रभावित भएका थिए । यस्तै माइक्रोसफ्टले क्राउडस्ट्राइकलाई पठाउनु अघि सफ्टवेर अपडेटको गुणस्तरबारे भएको गुणस्तर परीक्षण के कारणले असफल भयो भन्ने बारेमा अध्ययन शुरु गरेको जनाएको छ । अहिले समस्या समाधान भइसकेको र कतै कुनैमा बाँकी रहेको भएमा पनि कम्पनीले उच्च प्राथमिकतामा काम गर्ने माइक्रोसफ्टले जनाएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया