पाँच वर्षमा १४ लाखभन्दा धेरै दक्षिण सुडानका शरणार्थी स्वदेश फर्किए

 साउन ६, २०८१ आइतबार ९:१९:१९ | एजेन्सी
unn.prixa.net

एजेन्सी

दक्षिण सुडानबाट विस्थापित भएकामध्ये पछिल्लो पाँच वर्षमा १४ लाख जनाभन्दा धेरै स्वदेश फर्किएका छन् । सन् २०१८ को अक्टोबर र सन् २०२४ को मे महिनामा भएको शान्ति सम्झौतापछि १४ लाखभन्दा धेरै दक्षिण सुडानी शरणार्थी स्वदेश फर्किएका संयुक्त राष्ट्रसंघको शरणार्थी निकायले जनाएको छ ।

केन्या, युगान्डा, सुडान, इथियोपिया, प्रजातान्त्रिक गणतन्त्र कङ्गो र मध्य अफ्रिकी गणतन्त्रलगायतका क्षेत्रमा दक्षिण सुडानका २२ लाख शरणार्थी रहेका छन् । युगान्डाले सबैभन्दा धेरै दक्षिण सुडानी शरणार्थीको शरण दिएको छ ।

संयुक्त राष्ट्रसंघले शरणार्थी स्वदेश फर्कनुको सबैभन्दा मुख्य कारणमा परिवारका सदस्यसँग पुनर्मिलन, दक्षिण सुडानमा सुरक्षा स्थितिमा सुधार र भूमि, सम्पत्ति र आवासको मूल्याङ्कन लगायत रहेको बताएको छ । शरणार्थीले आफ्नो शरणको देश छोड्नुको कारण असुरक्षा, रोजगारी, जीविको पार्जन र आर्थिक गतिविधिको अभाव र शरणार्थी शिविरमा खाद्य राशनमा कमि रहेको बताएका छन् । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया