यमनमा इजरायलको हवाई आक्रमण

 साउन ६, २०८१ आइतबार १२:२१:१२ | एजेन्सी
unn.prixa.net

एजेन्सी

हुथी विद्रोहीले इजरायलको राजधानी तेल अभिवमा ड्रोन आक्रमण गरेको एक दिनपछि इजरायलले यमनमा हवाइ आक्रमण गरेको छ । हुथी विद्रोही समूहलाई लक्षित गर्दै इजरायलले लाल सागर क्षेत्रमा रहेको तेल भन्डारण र त्यसको नजिकै रहेको ऊर्जा केन्द्रमा हवाइ आक्रमण गरेको बीबीसीले जनाएको छ ।

इजरायली आक्रमणमा तीन जनाको ज्यान गएको र ८० जनाभन्दा धेरै घाइते भएका हुथी विद्रोही समूह समर्थित संचारमाध्ययमलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । हुथी अधिकारी मोहम्मद अब्दुल सलामले इजरायलको बर्बर आक्रमण भन्दै यसको जवाफ दिने चेतावनी दिनुभएको छ ।

इजरायली रक्षामन्त्री योआव ग्यालेन्टले आफ्नो देशले हुथी आन्दोलनकारीलाई सन्देश दिन मात्रै चाहेको भन्दै हुथीले थप आक्रमण गरे कडा जवाफ दिने बताउनुभएको छ । हुथीले गाजामा प्यालेष्टाइनीलाई समर्थन गरिरहेका छन् ।   

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया