नागरिकमा छाएकाे निराशा हटाउँछाैँ, राज्यकाे खर्च गर्ने क्षमता बढाउँछाैँ : प्रधानमन्त्री

 साउन ६, २०८१ आइतबार १४:५०:२० | रासस
unn.prixa.net

काठमाण्डाै – प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकमा छाएको निराशा हटाउने उद्देश्यका साथ वर्तमान सरकार गठन भएको बताउनुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मत माग्ने क्रममा उहाँले निराशा चिरेर नागरिकमा आशा जगाउन सरकार लागिपरेको बताउनुभयो ।

‘नागरिकमा उत्साहको सञ्चार गर्न र देशलाई तीव्र आर्थिक वृद्धिको दिशामा लैजान अहिलेको सरकार बनेको हो’, प्रधानमन्त्री ओलीले भन्नुभयो । विकास निर्माणको काममा रहेको बेथिति अन्त्य, आर्थिक रूपमा मितव्ययी बन्दै राज्यको तर्फबाट खर्च गर्ने क्षमता वृद्धि तथा जनअपेक्षाअनुसार कानुनमा सुधार गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्रधानमन्त्री ओलीले देशभर बाढी–पहिरोलगायत विपद्को चपेटामा परेकालाई उद्धार तथा राहत उपलब्ध गराउने उल्लेख गर्दै विपद्का घटनामा परी ज्यान गुमाउनेहरूप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गर्नुभयो ।

प्रधानमन्त्रीले  जुनसुकै कालखण्डमा भएका भ्रष्टाचार र अनियमितताको छानबिन गरी दोषीमाथि कारबाही गरिने प्रतिबद्धता पनि जनाउनुभयाे । उहाँले भ्रष्टाचार नगर्ने र नसहने बताउनुभयो । भ्रष्टाचारी एकदिन कानुनको कठघरामा पुग्ने विश्वास समाजमा स्थापित गराइने उहाँकाे भनाइ छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया