बङ्गलादेशबाट नेपाली विद्यार्थी काठमाण्डाै फर्किन थाले

 साउन ६, २०८१ आइतबार १५:३:२९ | रासस
unn.prixa.net

काठमाण्डाै – सरकारी सेवा प्रवेशमा निर्धारित आरक्षणको विरोधमा बङ्गलादेशमा चलिरहेको विद्यार्थी आन्दोलनका कारण प्रभावित भएका नेपाली विद्यार्थी काठमाण्डौ फर्किन थालेका छन् ।

यसै क्रममा आज ५७ जना नेपाली विद्यार्थी काठमाण्डौको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन् । उनीहरू बङ्गलादेशको सवार क्षेत्रको इनाम मेडिकल कलेजलगायत ठाउँबाट स्वदेश फर्किएका परराष्ट्र मन्त्रालयका प्रवक्ता अमृत राईले जानकारी दिनुभयो ।

यसैबीच बङ्गलादेशबाट आज झण्डै आठ सय जना विद्यार्थी नेपाल आइसकेका मन्त्रालयले जनाएको छ । परराष्ट्र मन्त्रालयले स्वदेश फर्कन चाहने विद्यार्थीहरूका लागि सहजीकरण गरिरहेको छ । मन्त्रालयले बङ्गलादेशको राजधानी ढाकामा रहेको नेपाली दूतावासका अधिकारीहरूलाई नेपाली विद्यार्थीहरूको सुरक्षित वातावरण तथा नेपाल फर्कन चाहनेका लागि आवश्यक समन्वय गर्न निर्देशन दिएको छ ।

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले बङ्गलादेशमा विकसित पछिल्लो घटनाक्रमका कारण समस्यामा परेका नेपाली विद्यार्थीहरूको सहयोगका लागि मन्त्रालयमा 'हेल्प डेस्क' स्थापना गर्न लगाउनुका साथै ढाकामा रहेको नेपाली दूतावाससँग आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया