जापानमा डाक्टरको सल्लाहविना औषधि किनेर दुरुपयोग गर्ने क्रम बढ्दो

 साउन ६, २०८१ आइतबार १७:१:३१ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जापानमा डाक्टरको सल्लाहविना औषधि किनेर दुरुपयोग गर्ने क्रम बढेको छ । स्वास्थ्य मन्त्रालयको एक नयाँ अध्ययनअनुसार गएको वर्ष जापानमा ६ लाख ५० जना जना मानिसले डाक्टरको सिफारिशविना नै औषधि किनेर दुरुपयोग गरेका छन् । यसरी औषधि किनेर दुरुपयोग गर्नेहरूमा किशोर किशोरीहरू सबैभन्दा धेरै रहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

१५ देखि ६४ वर्ष उमेर समूहका झन्डै शून्य दशमलव ७५ प्रतिशत जनसङ्ख्याले ओभर–द–काउन्टर (ओटीसी) औषधिहरू प्रयोग गरेका थिए । खोकी र दुखाइ कम गर्ने औषधिहरू अत्यधिक मात्रामा दुरुपयोग भएको खबरमा उल्लेख छ ।

यस्तै १५ देखि १९ वर्ष उमेर समूहका ८५ हजार जना किशोरकिशोरीले औषधिको दुरुपयोग गरेका छन् । जुन अन्य कुनै पनि उमेर समूहको तुलनामा उच्च दर हो ।

अध्ययनको नेतृत्व गर्ने शिमानेले उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई औषधिको दुरुपयोग र अधिक मात्रामा सेवा गर्दाको जोखिमबारे जानकारी दिनुपर्नेमा जोड दिनुभएको छ ।

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया