गस्तीमा गएकाे प्रहरीले सडकमै २६ लाख रुपैयाँकाे चेक फेला पारेपछि...

 मंसिर ६, २०७५ बिहीबार १७:२६:२२ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङमा गस्तीमा गएको प्रहरी टोलीले २६ लाख रुपैयाँभन्दा बढी रकमको चेक फेला पारेकाे छ । 

चेक फेला परेपछि सम्बन्धित व्यक्तिलाई लिन आउनका लागि दाङ प्रहरीले  सार्वजनिक अपिल पनि गरेको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरबाट गस्तीमा गएका प्रहरी नायब निरीक्षक प्रमोद भण्डारीले बिहीबार बिहान तुलसीपुरको घोराही रोडकाे राप्ती पेट्रोलपम्प नजिकै २६ लाख ४६ हजार ५०० सय रुपैयाँको तीन वटा चेक सडकमा फेल पार्नुभएको थियो ।

इलाका प्रहरी तुलसीपुरका अनुसार दिपेन्द्र भण्डारीको नाममा रहेको एनआईसी एसिया बैकको चेकमा सिप्रदीका नाममा चेक काटिएको छ । सिप्रदीका नाममा १० लाख ३४ हजार, ९ लाख ४० हजार र ६ लाख ७२ हजार ५ सय रुपैयाँको चेक काटिएको छ ।

प्रहरीले भेटिएको चेक सम्बन्धित निकायलाई दिन विभिन्न सञ्चारमाध्यमलार्इ पनि जानकारी गराएको छ ।

अन्तिम अपडेट: पुस २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया