चितवन राष्ट्रिय निकुञ्ज : एक वर्षमा २१ गैँडा र आठ वटा बाघ मरे, एक सय ४१ वटा अजिङ्गरको उद्धार

 साउन ७, २०८१ सोमबार १२:४६:५६ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – चितवन राष्ट्रिय निकुञ्जमा गएको आर्थिक वर्ष १५ प्रजातिका ७६ वटा जनावर मरेका छन् । मर्नेमध्ये सबैभन्दा धेरै चित्तल रहेका छन् । कुकुरको आक्रमणबाट दुई र प्राकृतिक कारणले २२ गरी २४ वटा चित्तल मरेका निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।

यस्तै एक वर्षमा २१ वटा गैँडा मरेका छन् । १८ वटा गैँडा प्राकृतिक कारणले, दुई वटा चोरी शिकारीले र एउटाको कारण खुल्न नसकेको उहाँले बताउनुभयो ।

यसैगरी प्राकृतिक कारणले आठ वटा बाघ मरेका छन् । यस्तै चार वटा हात्ती मरेका छन् । गएकाे वर्ष निकुञ्जले दुई सय २२ वटा जनावरको उद्धार गरेको जनाएको छ । उद्धार गरिएकामा सबैभन्दा धेरै एक सय ४१ वटा अजिङ्गर रहेका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया