टर्कीमा ऐतिहासिक र सांस्कृतिक कलाकृति स्वदेश फिर्ता ल्याउने अभियान तीव्र

 साउन ७, २०८१ सोमबार १३:६:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

टर्कीले विभिन्न माध्यमबाट विदेशमा पुगेका ऐतिहासिक र सांस्कृतिक कलाकृति स्वदेश फिर्ता ल्याउने अभियान तीव्र बनाएको छ । टर्कीको संस्कृति तथा पर्यटन मन्त्रालयले सन् २००२ देखि अहिलेसम्म १२ हजार एक सय ३९ वटा ऐतिहासिक कलाकृति स्वदेश फर्काइएको जनाएको छ ।

सन् २०१८ देखि मात्रै सात हजार आठ सय २३ वटा कलाकृति ल्याएर पुरातत्त्व कार्यालयको जिम्मा लगाइएको मन्त्रालयलाई उद्धृत गर्दै स्थानीय अखबार डेली सबाहले जनाएको छ । धेरैजसो कलाकृतिहरू बेलायत, इटाली र संयुक्त राज्य अमेरिकालगायत पश्चिमी देशहरूबाट फिर्ता ल्याइएको छ । केही कलाकृति चोरी भएर र केही किनबेचका क्रममा विश्वका विभिन्न क्षेत्रमा पुगेका थिए ।

सन् २०११ मा न्युयोर्कमा एक सम्राटको मूर्ति अवैध रूपमा रहेको पत्ता लागेको थियो र पछि टर्कीमा फिर्ता गरिएको थियो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया