महिला एशिया कप क्रिकेटमा आज श्रीलङ्का र मलेसिया तथा थाइल्यान्ड र बङ्गलादेश खेल्दै

 साउन ७, २०८१ सोमबार १३:६:३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – महिला एशिया कप टी–२० क्रिकेट प्रतियोगितामा आज समूह 'बी' का दुई वटा खेल हुँदैछन् ।

दिउँसो पौने ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र मलेसियाबीच प्रतिस्पर्धा हुने छ । श्रीलङ्का दुई अङ्कका साथ समूहको दोस्रो स्थानमा र पहिलो खेल हारेको मलेसिया अङ्कविहीन हुँदै पुछारमा छ ।

यस्तै आजै बेलुका सवा ७ बजे थाइल्यान्ड र बङ्गलादेश खेल्दैछन् । पहिलो खेल जितेको थाइल्यान्ड दुई अङ्कका साथ रन रेटका आधारमा पहिलो स्थानमा छ । पहिलो खेल हारेको बङ्गलादेश तेस्रो स्थानमा छ ।

प्रतियोगिताअन्तर्गत हिजो भएको खेलमा नेपाल पाकिस्तानसँग नाै विकेटले पराजित भएको छ । हिजै भएको पहिले खेलमा भारतले यूएइलाई ७८ रनले हरायो । 

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया