तिलिचो ताल जोड्ने पदमार्ग निर्माण

 साउन ७, २०८१ सोमबार १३:६:३८ | रासस
unn.prixa.net

तस्बिर : रासस

म्याग्दी – संसारकै अग्लो ठाउँमा रहेको तिलिचो तालसम्मको पदमार्ग निर्माण र स्तरोन्नति कार्य सम्पन्न भएको छ । मुस्ताङको घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट झण्डै २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो ।

पदमार्गको लागि गाउँपालिकाले ५० लाख रुपैयाँ र एक्यापले १० लाख रुपैयाँ खर्च गरेका घरपझोङ गाउँपालिकाका रोजगार संयोजक शर्मिला श्रीसले जानकारी दिनुभयो । पदमार्ग निर्माणका लागि गाउँपालिकाले २८ जना स्थानीय युवा परिचालन गरेको थियो ।

साँघुरो र जोखिमयुक्त ठाउँमा चार फिट फराकिलो पदमार्ग बनाएको गाउँपालिकाले जनाएको छ । जोमसोम–ठनी हुँदै तीन दिनमा तिलिचो पुगेर फर्कन सकिने यो पदमार्ग समुद्री सतहबाट चार हजार नौ सय १९ मिटर उचाइमा रहेको तिलोचो ताल पुग्ने छोटो पदमार्ग हो ।  

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया