जापानमा कम्पनीहरू टाट पल्टिने क्रम १० वर्षयताकै उच्च स्तरमा

 साउन ७, २०८१ सोमबार १५:२१:३७ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

जापानमा कम्पनीहरू टाट पल्टिने क्रम १० वर्षयताकै उच्च स्तरमा पुगेको छ । बढ्दो लागत, श्रमको अभाव र आर्थिक सहयोगमा आएको कमीका कारण जापानमा कर्पोरेट कम्पनी टाट पल्टिने क्रम यो वर्षको ६ महिनामा २२ प्रतिशतले बढेर एक दशककै उच्च स्तरमा पुगेको क्रेडिट रिसर्च कम्पनीको सर्वेक्षणले देखाएको छ ।

जनवरीदेखि जुनसम्म टाट पल्टिने कम्पनीको सङ्ख्या चार हजार आठ सय ८७ वटा पुगेको छ । यो सन् २०१४ यताकै उच्च रहेको टेइकोकु डाटा बैंकले आफ्नो पछिल्लो अनलाइन रिपोर्टमा उल्लेख गरेको छ ।

टाट पल्टिने उद्योगका आधारमा सेवा उद्योगमा सबैभन्दा बढी एक हजार दुई सय २८ रहेका छन् । त्यसपछि खुद्रा क्षेत्रको एक हजार २९ र निर्माणमा नौ सय १७ रहेको तथ्याङ्कले देखाएको छ । यस अवधिमा साना तथा लघु उद्यमहरू सबैभन्दा बढी प्रभावित भएका छन् ।

जापानमा बढ्दो लागत र बढ्दो श्रमिक अभावको बीचमा येनको निरन्तर अवमूल्यनका कारण आर्थिक अवस्था थप जटिल भएको छ । जुन महिनामा मात्रै आठ सय सात वटा जापानी कम्पनीले लिलामी प्रक्रिया अघि बढाएका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया