न्युराेडमा फुटपाथ विस्तारविरुद्ध वडा नम्बर २२ ले आज पनि सडकबाटै सेवा दियाे

 साउन ७, २०८१ सोमबार १५:२२:३० | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काठमाण्डौको न्युरोडमा फुटपाथ विस्तारको विरोधमा काठमाण्डाै महानगरपालिकाको वडा नम्बर २२ ले आज पनि सडकबाटै नागरिकलाई सेवा दिइरहेको छ ।

हिजोदेखि वडाध्यक्ष चिनीकाजी महर्जनलगायतले सडकमा पाल टाँगेर वडाको काम गर्न थाल्नुभएको हो । वडावासीको माग सम्बोधन नभएसम्म नागरिकको सेवा सडकबाट सञ्चालन गर्ने महर्जनले बताउनुभयो ।

उच्च अदालत पाटनको आदेशपछि महानगरले न्युरोडको जुद्ध सालिकबाट दक्षिणतर्फको धर्मपथ आसपासमा फुटपाथ विस्तार गर्न शुरु गरेपछि स्थानीयवासीले विरोध जनाउँदै आएका छन् । स्थानीयवासीको विरोधमा वडाका जनप्रतिनिधिले पनि साथ दिएका छन् ।

तर महानगरपालिकाको शहरी योजना आयोगका उपाध्यक्ष डा. सुमननरसिंह राजभण्डारीले विगतमा गाडी पार्किङ गरिएको क्षेत्रलाई स्तरोन्नति गरी पैदलमार्ग बनाउन लागिएको जानकारी दिनुभयो । आयोगका उपाध्यक्ष राजभण्डारीले पैदलमार्ग विस्तारको आवश्यकता रहेको बताउँदै मापदण्ड विपरीत काम नभएको दाबी गर्नुभयो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया