क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गयो

 साउन ८, २०८१ मंगलबार ६:५७:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

क्रोएसियाको एक नर्सिङ होममा गोली चल्दा ६ जनाको ज्यान गएको छ । नचिनेका समूहले जाग्रेबको पूर्वी क्षेत्रमा पर्ने दारुवरमा रहेको एउटा नर्सिङ होममा प्रवेश गरी गोली चलाएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । घटनास्थलमा ५ जनाको ज्यान जानुका साथै उपचारका क्रममा अर्का एक जनाको ज्यान गएको हो ।

घटनामा अरु धेरै घाइते भएका छन् । यस घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरिसकेको प्रहरीले जनाएको छ । प्रहरीकाअनुसार गोली हान्ने व्यक्ति सेवानिवृत्त सैन्य प्रहरी अधिकारी रहेका छन् । गएको  वर्ष छिमेकी देश सर्बियामा गोलीबारी हुँदा राजधानी बेलग्रेडको एक विद्यालयमा भएको नरसंहारमा १० जनाको ज्यान गएको थियो ।

प्रधानमन्त्री एन्ड्रेज प्लेन्कोभिकले घटनाको विस्तृत अनुसन्धान गरि थप घटना हुन नदिन सम्बन्धित अधिकारीहरूलाई आह्वान गर्नुभएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया