गाजाको दक्षिणी शहर खान युनिसमा इजरायलको आक्रमणबाट ७० जनाको ज्यान गयो

 साउन ८, २०८१ मंगलबार ९:११:३५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गाजाको  दक्षिणी शहर खान युनिसमा इजरायली आक्रमणमा परि ७० जनाको ज्यान गएको छ । विद्रोही समूह हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयकाअनुसार इजरायली आक्रमणमा परि कम्तिमा ७० जनाको ज्यान गएको हो ।

इजरायलले प्यालेस्टाइनी विद्रोहीलाई लक्षित गरी कारबाही अघि बढाउने भन्दै गाजाका आवासीय क्षेत्रहरू खाली गर्न आदेश दिएपछि यो घटना भएको बीबीसीले जनाएको छ । इजरायली सेनाले हिजो बिहान खान युनिसको पूर्वी क्षेत्रबाट उच्च विद्रोही गतिविधि र रकेट आक्रमण भएको बताएको थियो ।

यो क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल–मवासी आवासीय क्षेत्रमा जान भनिएको छ । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया