कङ्गोमा डुङ्गामा आगलागी हुँदा एक सय ४३ जनाको ज्यान गयो
बैशाख ६, २०८२ शनिबार
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को बोर्ड बैठकले महिला तथा पुरुष विश्वकप क्रिकेटको छनोट प्रतियोगितामा केही परिवर्तन गरेको छ । आईसीसीले गरेको पछिल्लो निर्णयले विश्वकपमा पुग्न नेपाललाई केही सहज हुने भएको छ ।
बैठकले सन् २०२६ मा हुने आईसीसी पुरुष टी–२० विश्वकपका लागि क्षेत्रीय छनोटबाट विश्वकप पुग्ने ८ टोलीको छनोट प्रक्रियामा परिवर्तन गरेको छ । जसअनुसार अब युरोप र अफ्रीकाबाट २–२, अमेरिकाबाट १ तथा एसिया र इस्ट एसिया प्यासिफिक (इएपी) क्षेत्रबाट ३ टोली छनोट हुनेछन् ।
यसअघि एसियाबाट २ र इएपीबाट १ टोली छनोट हुने प्रावधान थियो । एसियाबाट विश्वकपमा पुग्न मुख्य गरी नेपाल, ओमान, यूएई र हङकङ दाबेदार रहने गरेकोमा तीन टोली हुँदा नेपाललाई केही सहज हुने भएको छ । महिलातर्फ पनि आईसीसीले विश्वकपमा सहभागी हुने टोलीको सङ्ख्या बढाएको छ ।
सन् २०३० को विश्वकपदेखि सहभागी टोलीलाई १२ बाट १६ पुर्याइएको छ । नेपालको महिला टोलीले अहिलेसम्म विश्वकप खेल्न सकेको छैन ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।