भारतको केरलामा निपाह भाइरसले बालकको ज्यान गएपछि उच्च सर्तकता, थप ६० जना जाेखिममा

 साउन ८, २०८१ मंगलबार ११:५०:५० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

भारतको केरला राज्यमा निपाह भाइरस देखिएपछि उच्च सर्तकता जारी गरिएको छ । भाइरसका कारण १४ वर्षीय बालकको ज्यान गएपछि स्वास्थ्य अधिकारीहरूले त्यहाँ 'हाई अलर्ट' जारी गरेका हुन् । स्थानीय सरकारले मानिसहरूलाई सार्वजनिक क्षेत्रमा मास्क लगाउन र अस्पतालमा मानिसहरूलाई भेट्न नजान अनुरोध गरेको बीबीसीले जनाएको छ ।

अस्पताल जानै परे उच्च सावधानी अपनाउन भनिएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार थप ६० जनामा भाइरसको जोखिम उच्च देखिएको छ । केरलाका स्वास्थ्यमन्त्री वीणा जर्जले मृतक बालकको सम्पर्कमा आएकाहरूलाई अलग्गै राखेर परीक्षण गरिएको जानकारी दिनुभएको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले निपाह भाइरस सङ्क्रमण सुँगुर र चमेराजस्ता जनावरबाट मानिसमा सर्ने 'जुनोटिक रोग' भएको जनाएको छ । डब्ल्यूएचओले यो रोगले महामारी हुनसक्ने भन्दै उच्च सतर्कताका लागि सबैलाई अनुरोध गरेको छ ।

अन्तिम अपडेट: कात्तिक २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया