कैलालीमा बाढीका कारण चैते धान खेतमै नष्ट

 साउन ८, २०८१ मंगलबार ११:५०:४६ | रासस
unn.prixa.net

फाइल तस्बिर

कैलाली – कैलालीमा चैते धान लगाएका किसानले यो वर्ष बाढीका कारण धान भित्र्याउन पाएनन् । गएको असार १९ गते पथरैया नदीमा आएको बाढीले दुई हप्तासम्म धान डुबानमा परेपछि सबै नष्ट भएको किसानले बताएका छन् ।

एक बिघा क्षेत्रफलमा चैते धान लगाउनुभएका भजनी नगरपालिका–८ का ओम पाण्डेले उत्पादन राम्रो हुने, बर्खामा खेती नहुने भएपछि सबै क्षेत्रमा चैते धान लगाएको तर डुबानले सखाप बनाएको  बताउनुभयो ।

भजनीकै लालप्रसाद न्यौपानेले पनि चैते धान भित्र्याउन पाउनुभएन । असार १९ गतेको डुबानले १६ कट्ठामा लगाएको सबै धान नष्ट भएपछि रोपाइँ गर्दा भएको खर्चको जोहो समेत गर्न मुस्किल भएको उहाँको भनाइ छ ।

यस वर्ष ढिलो गरी धान रोप्नु र छिटो बाढी आउनुले पनि धेरै किसानको धान डुबानले नष्ट हुन पुग्यो ।

अन्तिम अपडेट: भदौ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया