बाग्मती प्रदेशमा गाडी दुर्घटना : एक वर्षमा तीन सय १५ जनाको ज्यान गयो

 साउन ८, २०८१ मंगलबार १२:१८:३९ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ  – आर्थिक वर्ष २०८०/८१ मा बाग्मती प्रदेशमा भएको एक हजार पाँच सय ३६ वटा गाडी दुर्घटनामा परी तीन सय १५ जनाको ज्यान गएको छ । ती दुर्घटनामा तीन हजार एक सय ९९ जना घाइते भएका छन् ।

उपत्यकाका तीन जिल्लाबाहेक बाग्मतीका १० वटा जिल्लामा गाडी दुर्घटना कम गर्न ट्राफिक प्रहरीले सञ्चालन गरेको विशेष अभियानका क्रममा दुई लाख २८ हजार दुई सय दुई गाडीका चालकलाई कारबाही गरी १७ करोड ७८ लाख १७ हजार रुपैयाँ राजस्व सङ्कलन गरिएको छ ।

पूर्व–पश्चिम राजमार्गमा जडान गरिएको सीसीटीभी क्यामेरा र राडार गनबाट गाडीको गति निगरानी गरेर ट्राफिक नियम उल्लङ्घन गर्नेलाई कारबाही गरिएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय रामनगर चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहन खाणले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया