उर्जा मन्त्रालयअन्तर्गतका राष्ट्रिय गौरवका आयोजनामा प्रगति निराशाजनक
मंसिर १२, २०८१ बुधबार
चितवन – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि चितवनमा कुनै किसिमको अभद्र व्यवहार नभएको उहाँको सचिवालयले जनाएको छ ।
दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार बुधबार र बिहीबार दाहालको चितवनमा विभिन्न कार्यक्रम भएको भए पनि कुनै किसिमको अभद्र व्यवहार र अप्रिय घटना भएको छैन ।
आज बिहान भरतपुर महानगरपालिका–२३ कृष्णचोकमा पार्टी प्रवेशका क्रममा एक जना व्यक्ति मदिरा सेवन गरी कार्यक्रमस्थल बाहिर सामान्य हल्ला गरेको र उनलाई सुरक्षाकर्मीले सम्झाई बुझाई पठाएको उहाँले बताउनुभयो ।
यही सामान्य विषयलाई अतिरञ्जित गरी केही सञ्चारमाध्यमले समाचारसमेत प्रकाशित गरेकामा सचिवालयको गम्भीर ध्यानाकर्षण भएको उहाँले बताउनुभयो । जनयुद्ध र योद्धाको समेत अपमान हुने गरी कपोलकल्पित र भ्रमित तवरले प्रकाशित समाचारप्रति विश्वास नगर्न सबैमा आग्रह गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय चितवनले पनि दाहालको दुईदिने चितवन बसाईका क्रममा कुनै किसिमको अभद्र व्यवहार नभएको स्पष्ट पारेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।