दूध बेचेको पैसा नपाएपछि चितवनका किसानले दूध उत्पादन बढाउन चासाे देखाएनन्

 साउन ८, २०८१ मंगलबार १५:४:३४ | रासस
unn.prixa.net

फाइल फाेटाे

चितवन – दूध बेचेको पैसा नपाएपछि चितवनका किसानहरूले दूध उत्पादन वृद्धि गर्न छाडेका छन् । विगत ६ महिनादेखि दूधको भुक्तानी नपाएका किसानहरू उत्पादन वृद्धि हुने समयमा समेत उत्पादन वृद्धिमा ध्यान दिन छाडेका हुन् ।

चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडका अध्यक्ष किशोर बगालेका अनुसार बजारीकरणमा समस्या हुने देखिएपछि जिल्लाका दुग्ध उत्पादक किसानहरूले दूध उत्पादन वृद्धि हुने समयमा पनि उत्पादन बढाउन चासो नदेखाएका हुन । अहिले दूध उत्पादन गर्ने किसानले दोब्बर उत्पादन गर्न सक्छन् तर बजारीकरणमा समस्या हुँदा उत्पादन वृद्धिमा चासो नदिएका हुन् । बजारीकरणमा समस्या हुने डर र बिक्री भएको दूधको रकम लामो समयसम्म भुक्तानी नहुँदा चितवनका किसानहरू पलायन हुने अवस्थामा पुगेका अध्यक्ष बगालेले बताउनुभयो ।

सरोकारवाला निकायले किसानहरूका कुरामा ध्यान नदिँदा दुग्ध उत्पादक किसान मारमा परेका नेपाल किसान महासङ्घका जिल्ला सचिव इन्द्रमणि गैरेले बताउनुभयो ।

बाहिरबाट अनधिकृत रुपमा आयात हुने दूधका कारण नेपालमा दूध उत्पादन वृद्धि हुन नसकेको हो । अध्यक्ष बगालेका अनुसार निजी क्षेत्र र सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) सँग गरी चितवनका किसानले ७२ करोड रुपैयाँ भुक्तानी लिन बाँकी छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया