कालीकोटको पलाँतामा जनप्रतिनिधि र कर्मचारीले महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने

 साउन ८, २०८१ मंगलबार १५:३१:५७ | रासस
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

कालीकाेट – कालीकोटको पलाँता गाउँपालिकामा जनप्रतिनिधि र कर्मचारीले महिनामा एक दिन अनिवार्य श्रमदान गर्नुपर्ने भएको छ ।

गाउँपालिकाले चालू आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा जनप्रतिनिधि र कर्मचारीले अनिवार्य श्रमदान गर्ने नीति ल्याएको हो । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, पोखरी, सिँचाइ, चौतारो, पाटीपौवा, सरसफाइ र सार्वजनिक निर्माणको क्षेत्रमा सामाजिक सद्भाव र एकताका लागि अनिवार्य श्रमदानको नीति ल्याएको गाउँपालिकाले जनाएको छ । कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर प्रत्येक महिनाको पहिलो शुक्रवार अनिवार्य श्रमदान गर्ने नीतिमा उल्लेख छ ।

नेपाली समाजमा श्रमदान गर्ने परम्परा पुरानै रहेको र अहिले हराउँदै गएका कारण महिनाको एकदिन अनिवार्य श्रमदान गर्न÷गराउन कर्मचारी, शिक्षक र जनप्रतिनिधि मिलेर अनिवार्य श्रमदान गर्ने नीति लिएको गाउँपालिकाका अध्यक्ष इन्द्रबहादुर रोकायाले बताउनुभयो । श्रमदानसँगै विकासमा केही टेवा पुग्ने भएकाले श्रमदान गर्नुपर्ने संस्कृतिको विकास गर्न लागिएको अध्यक्ष रोकायाले जानकारी दिनुभयो ।

श्रमदान गर्ने पराम्परा हराउँदै गएकाले त्यसको पुनर्ताजगी गर्न श्रमदान अनिवार्य गर्ने नीति ल्याएको उहाँको भनाइ छ ।

अन्तिम अपडेट: असोज ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया