एशिया कप महिला टी–२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित, समूह चरणबाटै बाहिरियो

 साउन ९, २०८१ बुधबार ६:१३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – एसीसी एशिया कप महिला टी–२० क्रिकेटमा नेपाल भारतसँग ८२ रनले पराजित भएको छ । यो हारसँगै नेपाल समूह चरणबाटै बाहिरिएको छ । हिजो भएको समूह चरणको आफ्नो अन्तिम खेलमा भारतले दिएको एक सय ७९ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि सिता राना मगरले १८, विन्दु रावलले १७, रुबिना क्षेत्रीले १५ तथा कप्तान इन्दु बर्माले १४ रन बनाए । अरू खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । त्यसअघि श्रीलङ्काको दाम्बुलामा टस जितेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै एक सय ७८ रन बनाएको थियो । भारतका शफाली बर्माले सर्वाधिक ८१ रन बनाइन् ।

नेपालले पहिलो खेलमा यूएईलाई छ विकेटले हराउँदै ऐतिहासिक जित हासिल गरेको थियो । समूह 'ए' मा रहेको नेपालले दुई अङ्कसहित प्रतियोगिताको अन्त्य गरेको छ । नेपाल रहेको समूहबाट भारत छ अङ्कसहित समूह विजेता र पाकिस्तान चार अङ्कसहित समूह उपविजेता बन्दै सेमिफाइनलमा प्रवेश गरेका छन् ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया