ट्रम्पमाथि गोली प्रहार भएको घटनापछि अमेरिकी गुप्तचर संस्थाकी निर्देशकद्वारा पदबाट राजीनामा

 साउन ९, २०८१ बुधबार ९:७:४८ | एजेन्सी
unn.prixa.net

एजेन्सी

काठमाण्डौ – अमेरिकी सिक्रेट सर्भिस अर्थात् गुप्तचर संस्थाकी निर्देशक किम्बर्ली चिटलले पदबाट राजीनामा दिनुभएको छ । राष्ट्रपतिका उम्मेदवार डोनाल्ड ट्रम्पमाथि गोली प्रहार भएको घटनापछि सिक्रेट सर्भिसका प्रमुख चिटलले पदबाट राजीनामा दिनुभएको हो ।

आउँदो नोभेम्बरमा हुने राष्ट्रपति चुनावका रिपब्लिकन उम्मेदवार ट्रम्पलाई लक्षित गरी केही दिन अघि भएको आक्रमणको घटान रोक्न आफ्नो मिसन एजेन्सी असफल भएको उहाँले स्वीकार गरेको बीबीसीले जनाएको छ ।

गएको जुलाई १३ तारिखमा पेन्सिलभेनियाको एउटा चुनावी र्‍यालीमा एक बन्दुकधारीले ट्रम्पलाई गोली हानेका थिए । लगत्तै चिटललाई पदबाट राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीबाटै दबाब बढेको थियो । चिटललाई वर्तमान राष्ट्रपति जो बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गर्नुभएको थियो । ट्रम्पको दाहिने कानमा बन्दुकको गोली लागेर भएको घाउ उपचारपछि ठिक हुँदै गएको डाक्टरले बताएका छन् । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया