गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाखभन्दा धेरै मानिस बाहिरिए

 साउन ९, २०८१ बुधबार १२:१४:१९ | उज्यालो सहकर्मी
unn.prixa.net

एजेन्सी

गाजाको खान युनिसबाट दुई दिनमा डेढ लाख मानिसले सहर छाडेका छन् । गएको सोमवारदेखि अहिलेसम्म एक लाख ५० हजार मानिसले खान युनिस सहर छाडेका संयुक्त राष्ट्र संघले जनाएको छ । गाजा पट्टीको दक्षिणमा रहेको खान युनिसमा इजरायलले आक्रमणको केन्द्र बनाएपछि त्यहाँबाट मानिस अन्यत्र गएका राष्ट्र संघको दुई वटा संस्थाले गरेको अध्ययनले देखाएको बीबीसीले जनाएको छ ।

हमासले खान युनिसमा आफ्नो सेनालाई पुनः संगठित गर्ने प्रयास गरिरहेकोले त्यहाँ निरन्तर आक्रमण गरिरहेको इजरायलले जनाएको छ । इजरायल डिफेन्स फोर्स (आईडीएफ) ले सोमवार खान युनिसको पूर्वी क्षेत्र खाली गर्न आदेश दिएको थियो । इजरायलले त्यहाँ आक्रमण गर्न थालेदेखि ८० जना प्यालेस्टाइनी मारिएको हमासले सञ्चालन गरेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । 

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया