भारतलाई पछि पार्दै अस्ट्रेलिया आईसीसी टेस्ट वरीयताको शीर्ष स्थानमा

 साउन ९, २०८१ बुधबार १८:२७:१६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डाै – भारतलाई पछि पार्दै अस्ट्रेलिया आईसीसी टेस्ट क्रिकेट वरीयताको शीर्ष स्थानमा उक्लिएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सार्वजनिक गरेको पछिल्लो वरीयतामा अस्ट्रेलिया एक स्थान सुधार गर्दै शीर्ष स्थानमा पुगेको हो । भारत एक स्थान तल झर्दै दोस्रो स्थानमा आइपुगेको छ । इङ्गल्यान्ड तेस्रो स्थानमा यथावत् छ ।

यस्तै आईसीसी टेस्ट ब्याटिङ वरीयतामा न्युजिल्यान्डका केन विलियमसन शीर्ष र इङ्गल्यान्डका जोए रुट दोस्रो स्थानमा यथावत् छन् । इङ्गल्यान्डकै ह्यारी ब्रुक चार स्थान सुधार गर्दै तेस्रो स्थानमा आइपुगेका छन् ।

यस्तै आईसीसी टेस्ट बलिङ वरीयतामा भारतका रविचन्द्रन अश्विन शीर्ष, अस्ट्रेलियाका जोश हेजलवूड दोस्रो र भारतकै जसप्रित बुमराह तेस्रो स्थानमा यथावत् छन् ।

यस्तै आईसीसी टेस्ट अलराउन्डर वरीयतामा भारतका रविन्द्र जडेजा शीर्ष, भारतकै अश्विन दोस्रो र बङ्गलादेशका शाकिब अल हसन तेस्रो स्थानमा यथावत् छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया