न्युजिल्यान्डमा हेरचाह केन्द्रमा रहेका २ लाख जनाले गम्भीर दुर्व्यवहार भाेगे : अध्ययन

पीडितहरू बलात्कार, बिजुलीको झट्का र जबरजस्ती श्रमको शिकार

 साउन ९, २०८१ बुधबार १८:२६:१७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

विगत ७० वर्षमा न्युजिल्यान्डमा सरकार र निजी क्षेत्रको हेरचाह केन्द्रमा रहेका दुई लाख जनाले गम्भीर दुर्व्यवहार भोग्नुपरेको एक अनुसन्धानले जनाएको छ ।

न्युजिल्यान्डको अहिलेसम्मको सबैभन्दा ठूलो र महँगो एक ऐतिहासिक अनुसन्धानका अनुसार दुई लाख जना बालबालिका तथा कमजोर युवा र वयस्कहरूले हेरचाह केन्द्रमा गम्भीर दुर्व्यवहार भोगेका हुन् । सन् १९५० देखि २०१९ सम्म हेरचाहमा रहेका रहेक तीन जनामध्ये एक बालबालिका बलात्कार, बिजुलीको झट्का र जबरजस्ती श्रमको शिकार भएका छन् । अनुसन्धानका क्रममा झन्डै तीन हजार जना व्यक्तिको अनुभव लिइएको थियो ।

प्रधानमन्त्री क्रिस्टोफर लक्सनले यो घटनाप्रति माफी माग्दै यसलाई न्युजिल्यान्डकाे इतिहासमा एउटा अन्धकार र दुःखद दिन भन्नुभएको बीबीसीको खबरमा उल्लेख छ । यो अनुसन्धानका लागि एक करोड एक लाख डलर रुपैयाँ खर्च भएको थियो ।

धेरैजसो दुर्व्यवहारहरू विपन्न वा सीमान्तकृत समुदायबाट हेरचाह केन्द्रमा पुगेकाहरूले भोगेका थिए । जसमा माओरी र प्रशान्त क्षेत्रका मानिसका साथै अशक्तता भएकाहरू पनि छन् । केही मानिसहरूले जातीयता र छालाको रङ्गका कारण अपमानित भएको बताएका छन् । दुर्व्यवहार सहन नसकेर कयौँ मानिसले हेरचाह केन्द्रमै आत्महत्या गरेका र यसलाई स्वाभाविक मृत्युका रूपमा वर्णन गरेर घटनालाई लुकाइएको पनि अनुसन्धानले देखाएको छ ।

सरकारले पीडितहरूलाई क्षतिपूर्ति दिने पनि योजना बनाएको छ । रिपोर्टका अनुसार यो दुर्व्यवहार र उपेक्षाको आर्थिक लागत दुई खर्ब १७ अर्ब न्युजिल्यान्ड डलरसम्म हुने अनुमान छ ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया