पेरिस ओलम्पिकमा खेल सकिएको २ घण्टापछि अर्जेन्टिना हारेको निर्णय

 साउन १०, २०८१ बिहीबार ८:९:० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पेरिस ओलम्पिक २०२४ को पुरुष फुटबलमा मोरोक्कोले अर्जेन्टिनालाई २–१ पराजित गरेको छ। विवाद र अन्योलबीच खेल सकेको दुई घण्टापछि अर्जेन्टिना हारेको निर्णय सुनाइएको हो । खेल सकिएको दुई घण्टापछि खाली रङ्गशालामा मोरक्कोले खेल जितेको निर्णय दिइएको हो ।

समूह ‘बी’ को सेन्ट स्टेयनमा भएको खेल २–२ को बराबरीमा टुङ्गेको मानिएको थियो । २–१ ले पछि परेको अवस्थामा अर्जेन्टिनाका क्रिस्टियन मेडिनाले दोस्रो हाफको इन्ज्युरी समयको १६ औँ मिनेटमा बराबरी गोल फर्काएका थिए ।  तर त्यो गोललाई भीएआरले मान्यता दिएन ।

त्यस लगतै दर्शकबाट मैदानमा बोतल फ्यालिएको थियो । केही दर्शक मैदानमा प्रवेश गरेका थिए । त्यसपछि रेफ्रीले खेल सकेको निर्णय गरेका थिए ।  दुवै टिमले मैदान पनि छाडिसकेका थिए । तर रेफ्रीले खेल सकिएको सङ्केतमा सिठ्ठी भने बजाएका थिएनन् । त्यसपछि खेल सकिएको दुई घण्टापछि खेल मोरक्कोले जितेको निर्णय भएको हो । 
 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया