गर्मीका कारण पाकिस्तानमा विद्यालय बन्द

 साउन १०, २०८१ बिहीबार ९:१७:५ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

उच्च तापक्रमका कारण दक्षिणी पाकिस्तानमा एक लाखभन्दा धेरै विद्यालय बन्द भएका छन् । गर्मी बढिरहेकाले  विद्यालयहरूको गृष्मकालीन बिदा दुई हप्तासम्म लम्बिने भएको हो । पाकिस्तानको केही क्षेत्रमा ५० डिग्रीभन्दा धेरै तापक्रम पुगेकाले सिन्ध प्रान्तका केही क्षेत्रमा विद्यालयहरुले १ महिना अघिदेखि  बिदा दिन थालेका थिए ।

जलवायु परिवर्तनका कारण चरम मौसमी अवस्थाप्रति पाकिस्तान बढ्दो जोखिममा छ । त्यहाँ धेरै पटक तातो लहर ‘लु’ चल्ने भएकाले बालबालिका जोखिममा रहेका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । सिन्ध प्रान्तका विद्यालय गर्मीका कारण प्रभावित भएका छन् ।

विद्युत् आपूर्ति सङ्कटका कारण १२ घन्टासम्म लोडसेडिङ हुँदा पनि गर्मी धेरै खेप्नु पर्ने स्थानीयले बताएका छन् । गर्मीका कारण विद्यालय बन्द हुनुपर्ने र लोडसेडिङका कारण बालबालिकाले पढ्न नपाउने भएकाले विद्यार्थीको पढाइबारे धेरैले चिन्ता व्यक्त गर्न थालेका छन् । 

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया