गएको सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च

अन्टार्कटिका र आर्कटिकमा समुद्री बरफ पग्लिने क्रम तीव्र

 साउन १०, २०८१ बिहीबार १५:१६:४२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

गएको सोमवार विश्वको औसत तापक्रम अहिलेसम्मकै उच्च रहेको पाइएको छ । युरोपेली युनियनको मौसम अनुसन्धान केन्द्रका अनुसार गएको आइतवार पनि तापक्रमले अहिलेसम्मको रेकर्ड तोडेकोमा सोमवार फेरि अर्को रेकर्ड बनेको हो ।

गएको सोमवार अर्थात् जुलाई २२ मा औसत विश्वव्यापी तापक्रम १७ दशमलव १५ डिग्री सेल्सियस पुगेको थियो । आइतjfरको विश्वव्यापी औसत तापक्रम १७ दशमलव शून्य नौ डिग्री सेल्सियस पुग्दा पनि रेकर्ड बनेको थियो ।

युरोपेली युनियनको कोपरनिकस जलवायु परिवर्तन सेवाका निर्देशक कार्लो बुओन्टेम्पोले सन् २०२३ को जुलाई ६ तारिखमा विश्वको औसत तापक्रम १७ दशमलव शून्य आठ डिग्री सेल्सियस रहेकोमा १३ महिनाकै बीचमा तापक्रममा यति ठूलो भिन्नता आउनु आश्चर्यजनक कुरा भएको बताउनुभएको छ । जलवायु परिवर्तन बढ्दै जाँदा भविष्यका महिना र वर्षहरूमा नयाँ रेकर्डहरू देख्न बाध्य हुने पनि उहाँले बताउनुभएको छ । पृथ्वीको उत्तरी गोलार्धमा गर्मी बढ्दै जाँदा यसको असर विश्वभर देखिन थालेको खबरमा उल्लेख छ ।

अन्टार्कटिका र आर्कटिकमा समुद्री बरफको क्षति र समुद्री सतह बढ्दै गइरहेकाले भविष्यमा झनै जोखिमहरू आउन सक्ने वैज्ञानिकहरूले चेतावनी दिएका छन् । तापक्रम अत्यधिक बढाउन भूमिका खेल्ने एल निनो प्रणाली यस वर्षको शुरुमै सकिएको थियो तर त्यसको असर अहिले पनि देखिइरहेको छ । सन् २०२४ विश्वकै सबैभन्दा तातो वर्ष हुनसक्ने सङ्केत देखिएको वैज्ञानिकहरूले बताएका छन् ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया