२० वर्षमुनिकाे काभा महिला भलिबलमा तेस्राे भएकाे नेपाली टाेली स्वदेश आइपुग्याे

 साउन १०, २०८१ बिहीबार १८:२८:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – २० वर्षमुनिकाे काभा महिला भलिबल च्याम्पियनशिपमा तेस्रो स्थान हासिल गरेको नेपाली टोली स्वदेश फर्किएको छ । भलिबल टोली आज दिउँसो काठमाण्डाैकाे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेकाे हाे ।

मालेमा मङ्गलवार भएकाे खेलमा नेपालले घरेलु टोली माल्दिभ्सलाई ३–० को सोझो सेटमा हराउँदै तेस्रो स्थान प्राप्त गरेको थियो । नेपालले माल्दिभ्सलाई २५–१५, २५–१०, २५–१४ ले हराएकाे थियाे ।

सेमिफाइनलमा नेपाल किर्गिस्तानसँग ३–० को सेटमा पराजित भएको थियो । त्यसअघि लिग चरणमा श्रीलङ्कासँग ३–१ र किर्गिस्तानसँग ३–० सेटको हार बेहाेरेकाे नेपालले माल्दिभ्सलाई ३–० को सेटमा हराएको थियो ।

टाेलीकी कप्तान जेनिसा विश्वकर्माले नेपालकाे तयारी कम भएकाे अनुभव गरेकाे बताइन् । प्रतियोगितामा आफ्नो तर्फबाट राम्रो गरेकाे उनकाे भनाइ छ ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया