फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको पानीजहाज समुद्रमा डुब्यो

 साउन १०, २०८१ बिहीबार १८:२८:३१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फिलिपिन्समा १४ लाख लिटर इन्धन बोकेको एउटा पानीजहाज समुद्रमा डुबेको छ । राजधानी मनिला नजिकैको समुद्री तटमा १४ लाख लिटर इन्धन डुबेको र यो इतिहासकै ठूलो दुर्घटना भएको समाचार संस्था एएफपीले जनाएको छ ।

पछिल्ला दिनहरूमा मनिला र वरपरका क्षेत्रहरूमा आएको ठूलो वर्षा र आँधीका कारण जहाज डुबेको अनुमान छ । समुद्रमा डुबेको जहाजबाट तेल निकाल्न नसकेमा यसले समुद्री पर्यावरणमा ठूलो क्षति पुग्ने त्रास उत्पन्न भएको छ । विज्ञ र कामदारहरूले इन्धनको चुहावट रोक्न प्रयास गरिरहेका छन् ।

तेल समुद्रमा चुहिएमा त्यहाँका माछा र समुद्रमा बस्ने जीवजन्तु तथा वनस्पति मर्नेछन् । यस्तै समुद्री तट पनि मानिसहरू जान अयोग्य हुनेछन् । यसले गर्दा हजारौँ मछुवा र 'टुर अपरेटर हरूलाई आफ्नो जीविकोपार्जनमा समस्या पर्ने खबरमा उल्लेख छ ।

यसअघि सन् २०२३ मा ८० हजार लिटर औद्योगिक इन्धन तेल बोकेको ट्याङ्कर मिन्डोरोको केन्द्रीय टापुमा डुबेको थियो । त्यो तेल पानीमा चुहिँदा पानी र समुद्री तटहरूलाई दूषित बनाएको छ । यसले माछा मार्ने र पर्यटन उद्योगलाई ध्वस्त पारेको थियाे ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया