रुकुम पश्चिमका २ हजारभन्दा धेरै भूकम्प पीडित पहिलो किस्ताको पर्खाइमा

 साउन १०, २०८१ बिहीबार १८:२३:३६ | रासस
unn.prixa.net

फाइल फाेटाे

रुकुम पश्चिम – भूकम्पले क्षति पुर्‍याएकाे रुकुम पश्चिमका दुई हजारभन्दा धेरै लाभग्राहीले अझै पहिलो किस्ताको रकम पाउन सकेका छैनन् ।

गएको कात्तिक १७ गते राति जाजरकोटको रामीडाँडा केन्द्रविन्दु बनाएर भूकम्प गएको थियो । तर भूकम्प गएको १० महिना हुन लाग्दा पनि पीडित पहिलो किस्ताकै पर्खाइमा छन् । पहिलो किस्ता पाएका सबै लाभग्राहीले पनि दोस्रो किस्ता पाउन सकेका छैनन् ।

रुकुम पश्चिमका ३२ हजार नौ सय ९६ लाभग्राहीले पहिलो किस्ताबापत २५ हजार रुपैयाँका दरले रकम पाएका छन् । बाँकी दुई हजार दुई लाभग्राहीका लागि पहिलो किस्ताको रकम उपलब्ध नभएको जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक एवम् प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले जानकारी दिनुभयो । रकम प्राधिकरणबाट उपलब्ध हुनुपर्नेमा भएको छैन ।

प्रमुख जिल्ला अधिकारी पन्तकाअनुसार पहिलो किस्ताबापत २५ हजारका दरले ३२ हजार नौ सय ९६ लाभग्राहीले ८२ करोड ४९ लाख रुपैयाँ प्राप्त गरेका छन् ।

जिल्ला विपद् व्यवस्थापनबाट अहिलेसम्म १६ हजार लाभग्राहीका लागि दोस्रो किस्ता स्थानीय विपद् न्यूनीकरण कोषमा पठाए पनि ती सबै लाभग्राहीले दोस्रो किस्ता पाउन सकेका छैनन् । पहिलो किस्ता पाएको लामो समयसम्म पनि दोस्रो किस्ता पाउन नसकेको त्रिवेणी गाउँपालिका–२ का वीरबहादुर ओलीले गुनासो गर्नुभयो । दोस्रो किस्ताबापतको प्रतिपरिवार २५ हजार रुपैयाँका दरले स्थानीय विपद् न्यूनीकरण कोषमा ४० करोड रुपैयाँ जम्मा भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताउनुभयो ।

दुई वटा पालिका बाँफिकोट र मुसिकोटमा अहिलेसम्म दोस्रो किस्ताबापतको कुनै पनि रकम प्राप्त हुन सकेको छैन । पालिकाले दोस्रो किस्ता माग नगरेकाले रकम पठाउन नसकिएको पन्तको भनाइ छ । दोस्रो किस्ताको रकम आएमा अस्थायी आवासलाई थप व्यवस्थित गर्न सजिलो हुने पीडितले बताएका छन् ।

अन्तिम अपडेट: भदौ २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया