मौरितानियामा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गयाे

 साउन १०, २०८१ बिहीबार १८:२९:२८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

मौरितानियाको समुद्रमा एउटा पानीजहाज दुर्घटना हुँदा २५ जना आप्रवासीको ज्यान गएको छ । दुर्घटनामा एक सय ९० जना हराइरहेका छन् ।

अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन (आईओएम) ले हराइरहेका एक सय ९० जनालाई निकाल्न उद्धार कार्य चलिरहेको जनाएको छ । मौरितानियाको तटरक्षकले एक सय तीन जना आप्रवासीलाई उद्धार गरेको र २५ जनाको शव बरामद गरेको बताएको छ ।

आईओएमका अनुसार झन्डै तीन सय जनाले काठको डुङ्गामा गाम्बिया छोडेका थिए र जुलाई २२ मा डुङ्गा पल्टिनुअघि सात दिन समुद्रमा बिताएका थिए । तटरक्षक पुग्नुअघि १५ जनाको ज्यान गएको थियो भने १० जनालाई गम्भीर अवस्थामा अस्पताल भर्ना गरिएकोमा सबैको ज्यान गएको छ । यस्तै घटना जुलाई ५ तारिखमा पनि भएको थियो जसमा मौरितानियाली तटरक्षकले ८९ जना आप्रवासीको शवलाई पल्टिएको डुङ्गाबाट बरामद गरेका थिए ।

धेरै आप्रवासी मोरक्कोको तटबाट क्यानरी टापुहरूमा पुग्न खोज्छन् । पश्चिम अफ्रिकाबाट स्पेनसम्मको यो मार्ग संसारको सबैभन्दा खतरनाक मार्गमध्ये एक हो ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया