हमासले बन्धक बनाएकामध्ये ५ जना इजरायलीको शव फेला

 साउन ११, २०८१ शुक्रबार ६:३६:१४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इजरायली सेनाले दक्षिणी इजरायलमा विद्रोही समूह हमासको आक्रमणका क्रममा गाजा पट्टीमा बन्धक बनाइएका पाँच जनाको शव फेला पारेको छ ।

बन्धक बनाइएका सैनिकसहित ५ नागरिकको शव फेला पारेको सेनाले  जनाएको छ । गाजा पट्टीको मुख्य शहर खान युनिसमा आक्रमण गर्ने क्रममा ती शव फेला पारिएको सेनाको भनाइ रहेको बीबीसीले जनाएको छ ।

सेनाले यसअघि गएको वर्ष अक्टोबर ७ मा हमासले गरेको आक्रमणमा चार सैनिक मारिएको बताएको छ ।

इजरायली सेनाले दिएको जानकारीअनुसार बन्धक बनाएका दुई सय ५१ जनामध्ये एक सय ११ जना अझै हमासको हिरासतमा रहेका छन् । 

अन्तिम अपडेट: असोज २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया