पेरिस ओलम्पिकको महिला फुटबलमा क्यानडा र फ्रान्स, अमेरिका र जर्मनी तथा ब्राजिल र स्पेन विजयी

 साउन ११, २०८१ शुक्रबार ६:५४:२१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

३३ औँ गृष्मकालीन पेरिस ओलम्पिकअन्तर्गत महिला फुटबलमा समूह ‘ए’ का क्यानडा र फ्रान्स विजयी भएका छन् । गएराति भएको खेलमा फ्रान्सले कोलम्बियालाई ३–२ गोलले हराएको भने न्युजिल्यान्ड क्यानडासँग २–१ ले पराजित भएको हो ।

यस्तै हिजै भएको समूह ‘बी’ का खेलमा अमेरिका र जर्मनीले जितेका छन् । अमेरिकाले जाम्बियालाई तथा जर्मनीले अस्ट्रेलियालाई बराबर ३–१ गोलले हराएका हुन् । यसैगरी समूह ‘सी’ का खेलमा ब्राजिल र स्पेन विजयी भएका छन् । ब्राजिलले नाइजेरियालाई १–० गोलले हराउँदा जापान स्पेनसँग २–१ गोलले पराजित भएको हो ।

महिला फुटबलमा १२ वटा टोलीलाई तीन वटा समूहमा विभाजन गरिएको छ । यसैबीच, ओलम्पिकको उद्घाटन आज हुँदैछ । उद्घाटन कार्यक्रम आज भएपनि फुटबलसहितका केही खेल अस्तिदेखि नै शुरू भएका हुन् ।

ओलम्पिकमा २३ वर्षमुनिको टोलीबीच प्रतिस्पर्धा हुने गर्दछ । जसमा २३ वर्षमाथिका तीन जना खेलाडी मात्र समावेश हुन्छन् ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया