बङ्गलादेशमा तनाव कम हुँदै गएपछि निषेधाज्ञा  खुकुलो

 साउन ११, २०८१ शुक्रबार ९:१६:३९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

बङ्गलादेशमा विरोधका कार्यक्रम रोकिन थालेपछि तनाव कम हुँदै गएको छ । गएको हप्ता हिंसात्मक रुपमा भएको विरोध प्रदर्शनका कार्यक्रम कम भएपछि हिजोदेखि निषेधाज्ञा आदेशलाई खुकुलो पारिएको छ ।

विद्यार्थी सङ्गठनहरूले सरकारी जागिरमा आरक्षण नियमको विरोधमा प्रदर्शन गरेपछि अदालतले धेरैजसो कोटा हटाएर ९३ प्रतिशत कोटामा आममानिस प्रतिस्पर्धा गर्न पाउने फैसला गरेको थियो । त्यसपछि आन्दोलनमा ठूला झडपका घटना नभएका अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ ।

अझै पनि देशका विभिन्न शहरहरूमा हजारौँ सुरक्षाकर्मीले गस्ती गरिरहेका छन् । गएको हप्ता बन्द भएका बैङ्क, सरकारी कार्यालय र आर्थिकरूपले महत्वपूर्ण तयारी पोशाकका फ्याक्ट्रीहरू अस्ति बुधवारदेखि नै खुलेका थिए । कोटा प्रणालीको विरोधमा भएको आन्दोलनमा एक हप्ताकै बीचमा एक सय ६३ जनाको ज्यान गएको बङ्गलादेश प्रहरीले जनाएको छ । एक हजार जना घाइते भएका छन् ।

यो घटनालाई धेरैले बङ्गलादेश स्वतन्त्र भएपछिको सबैभन्दा ठूलो दमन र नरसंहार भनेका छन्। प्रहरीले पाँच सय ४० जनालाई पक्राउ गरिएको जनाएको छ । पक्राउ परेका विद्यार्थीको रिहाइ, कर्फ्यु फिर्ता, आन्दोलनमा दमन गर्ने सरकारी र प्रहरी अधिकारीको बर्खास्त र मृतकलाई क्षतिपूर्तिको माग गर्दै विद्यार्थी सङ्गगठनले आन्दोलन जारी राख्ने विषयमा आज थप छलफल गर्ने  बङ्गलादेशी विद्यार्थी सङ्गठनलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

सन् १९७१ मा पाकिस्तानबाट स्वतन्त्रताका लागि भएको युद्धका दिग्गजका आफन्तका लागि सरकारी जागिरमा एक तिहाइ कोटा छुट्याइएको विरोधमा आन्दोलन शुरु भएको हो । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया