चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गयो

 साउन ११, २०८१ शुक्रबार १२:३५:४ | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

चितवन – चितवनमा भएको छुट्टाछुट्टै घटनामा चार जनाको ज्यान गएको छ । नारायणगढ–मुग्लिन सडकको भतेरीमा कन्टेनर र ट्रक ठोक्किँदा दुई जनाको ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालकाअनुसार दुर्घटनामा दुवै गाडीका चालक भारतको उत्तर प्रदेशका २४ वर्षीय मेहताव आलम र वीरगञ्ज महानगरपालिका–२४ का ३३ वर्षीय प्रमोद पटेलको ज्यान गएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उहाँहरूको उपचारका क्रममा चितवन मेडिकल कलेजमा ज्यान गएको हो ।

यस्तै भरतपुर महानगरपालिकाको भित्री सडकमा गाडी दुर्घटना हुँदा वडा नम्बर ७ प्रेमबस्तीका ५० वर्षीय चण्डीप्रसाद अधिकारीको ज्यान गएको छ । उहाँँ चढेको मोटरसाइकललाई नम्बर नखुलेको गाडीले ठक्कर दिँएको थियो ।

यस्तै खोलाले बगाएर कालिका नगरपालिका–१० का ३३ वर्षीय गम्भीर चेपाङको ज्यान गएको छ । जिल्ला प्रशासन कार्यालयकाअनुसार हिजो बेलुका सिद्धिबजारबाट घर फर्किँदा कयर खोलाले बगाएर बेपत्ता भएका चेपाङको शव आज बिहान फेला परेको हाे ।

अन्तिम अपडेट: भदौ २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया