बाइडेनसँग नेतान्याहुकाे भेटवार्ता : गाजामा जारी युद्ध अन्त्यका लागि सहयोग गर्न आग्रह

 साउन ११, २०८१ शुक्रबार १२:५३:४३ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिका भ्रमणमा रहनुभएका इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नुभएको छ । गाजामा युद्ध अन्त्यका लागि अन्तर्राष्ट्रिय दबाब झेलिरहेका इजरायली प्रधानमन्त्री नेतान्याहुले अमेरिकी सहयोगका लागि राष्ट्रपति बाइडेनलाई आग्रह गर्नुभएको छ ।

उहाँले विद्रोही समूह हमाससँगको लडाइँ इजरायलको मात्र नभई अमेरिकाको पनि भएको भन्दै निष्कर्षमा पुर्‍याउन आग्रह गर्नुभएको बीबीसीले जनाएको छ । नेतान्याहुले अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसलाई पनि भेट्नुभएको छ ।

निरन्तरको भेटवार्तामा गाजा युद्धविराम सम्झौताका सम्बन्धमा दुई पक्षबीचको मतभेदलाई समाधान गर्ने विषयमा कुराकानी भएको ह्वाइट हाउसले जनाएको छ । यसअघि नेतान्याहुले अमेरिकी कांग्रेसको संयुक्त बैठकलाई सम्बोधन गरेर हमासको अन्त्य नभएसम्म गाजामा आक्रमण नरोक्ने बताउनुभएको थियो ।

अन्तिम अपडेट: कात्तिक १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया