फ्रान्सको उच्च गतिको रेल नेटवर्कमा तोडफोड र आगजनी, झन्डै साढे २ लाख यात्रु प्रभावित

 साउन ११, २०८१ शुक्रबार १८:१६:३७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

फ्रान्सको सरकारी रेल सेवा कम्पनी एस.एन.सी.एफमा आगजनी भएको छ । रेल स्टेशनसहितका कार्यालय र लेनहरूमा तोडफोड तथा आगजनी भएको हो ।

आगजनीसहितको आक्रमणले यातायात प्रणाली अवरुद्ध हुँदा आज साढे दुई लाख जनाभन्दा धेरै यात्रु प्रभावित भएका फ्रान्सको प्रहरीलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । रेलहरूलाई अन्य मार्गमा मोड्दा तथा स्थगित हुँदा धेरै यात्रु प्रभावित भएका हुन् ।

खेलमन्त्री अमेली ओडियाकास्टेराले पेरिस ओलम्पिकको उद्घाटन समारोह शुरू हुनुभन्दा केही घण्टा अगाडि फ्रान्सको उच्च गतिको (टीजीभी) रेल नेटवर्कलाई अवरुद्ध पार्न एथलिटहरूले आक्रमण गरेको आरोप लगाउनुभएको छ ।

कडा सुरक्षा व्यवस्थाबीच ग्रीष्मकालीन ओलम्पिकको उद्घाटन समारोहमा तीन लाख दर्शक तथा पाहुना उपस्थित हुने अपेक्षा गरिएको समयमा आकस्मिक आक्रमण गरी बदनाम गराउने प्रयास भएको छ ।

आक्रमणले रेल सुविधालाई क्षति पुर्‍याउँदा प्रभावित लाइनहरू अवरुद्ध भएका र मर्मत गर्नुपर्दा झन्डै एक हप्तासम्म सेवा प्रभावित हुन सक्ने जनाइएको छ । तर आउँदो सोमवारदेखि सेवा नियमित गर्ने प्रयास भइरहेको रेल स्टेशनको सूचना पार्टीमा देखाएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया