अमेरिकी राष्ट्रपतीय चुनावमा कमला ह्यारिसलाई बाराक ओबामाकाे समर्थन

 साउन ११, २०८१ शुक्रबार १८:२९:५२ | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आउँदो राष्ट्रपतीय चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्पविरुद्ध डेमोक्र्याटिक पार्टीकी उपराष्ट्रपति कमला ह्यारिसको उम्मेदवारीको समर्थन गर्नुभएको छ ।

राष्ट्रपति जो बाइडेनले आइतवार डेमोक्र्याटिक पार्टीका तर्फबाट आफूले चुनावमा प्रतिस्पर्धा नगर्ने र ह्यारिसलाई पार्टीको उम्मेदवार प्रस्ताव गरेपछि पूर्वराष्ट्रपति बिल क्लिन्टन, पूर्वराष्ट्रपतीय उम्मेदवार हिलारी क्लिन्टनलगायत धेरै वरिष्ठ नेता र ह्यारिसका प्रतिद्वन्द्वी ठानिएका धेरै नेताले समेत समर्थन गरेका थिए । तर ओबामा मौन रहनुभएको थियो । ओबामाले समर्थन नगर्दा ह्यारिसले ट्रम्पलाई हराउन नसक्ने अनुमानका बीच उहाँले पनि समर्थन गर्नुभएको बीबीसीले जनाएको छ ।

बाराक ओबामा र उहाँकी श्रीमती मिसेलले संयुक्त विज्ञप्ति निकालेर ह्यारिसलाई अमेरिकाको आउँदो राष्ट्रपति निर्वाचित गराउन आफूहरूले सक्ने जेसुकै गर्ने दृढता व्यक्त गरेका गर्नुभएको छ ।

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया