पाकिस्तानलाई हराउँदै श्रीलङ्का एशिया कप महिला क्रिकेटको फाइनलमा : उपाधिका लागि भारतसँग खेल्ने

 साउन १२, २०८१ शनिबार ६:२७:२७ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आयोजक श्रीलङ्का एसीसी एसिया कप महिला टी–२० क्रिकेटको फाइनलमा पुगेको छ । हिजो भएको दोस्रो सेमिफाइनल खेलमा पाकिस्तानलाई तीन विकेटले हराउँदै घरेलु टोली उपाधि नजिकै पुगेको हो ।

पाकिस्तानले दिएको एक सय ४१ रनको लक्ष्य श्रीलङ्काले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर भेट्टायो । उसका कप्तान चमारी अथापथ्थुले सर्वाधिक ६३ रन बनाइन ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको पाकिस्तानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ४० रन बनाएको थियो । पाकिस्तानका मुनिबा अलिले सर्वाधिक ३७ रन जोडिन ।

श्रीलङ्काले उपाधिका लागि भोलि भारतसँग खेल्नेछ । साविक विजेता भारत हिजो पहिलो सेमिफाइनलमा बङ्गलादेशलाई १० विकेटले हराएर फाइनलमा पुगेको हो । 

अन्तिम अपडेट: भदौ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया